ad ad

कला


अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ अब युट्युबमा (भिडियो)

अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ अब युट्युबमा (भिडियो)

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ५:४४,

अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ युट्युबमा सार्वजनिक गरिएको छ।

चलचित्र ‘क्याप्टेन’लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन्। चलचित्र ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

अभिनेता अनमोल केसीलाई पछिल्लो समय नेपाली चलचित्रमा लगानी उठाउने कलाकारको रुपमा हेर्ने गरिन्छ। सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई सदावहार अभिनेता भुवन केसीले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्माता जिया केसी हुन्।

चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ।

चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन, सुदीप बरालको डीओपी, दीर्घ राज खड्काको सम्पादन रहेको छ।

हेराैँ भिडियो 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .