ad ad

कला


लण्डनमा तिजको ‘सिरी सिरी बतासैले’ (भिडियो सहित)


नेपालखबर
साउन १४ ,

नेपाली तीज पर्व नजिकिएसँगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। यसै पर्वलाई रमाइलो बनाउनको लागी कलाकारहरुले तीज गीतहरु सार्वजनिक गरिरहेका छन्।

त्यस्तै प्रवासमा रहेर पनि देशको कला संस्कृति प्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो। प्रवासी जीवनका वाबजुद पनि स्वदेशी गीत, संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्यो सम्मानयोग्य रहन्छ। आजकल र्‍याप, पप र आधुनिक गीत, संगीतमा झुकाव राख्ने नयाँ पुस्ता लोकभाकामा रमाउनु आफैमा गर्वको बिषय पनि हो।

लोक संस्कृतिलाई र लोकभाकालाई माया गर्ने युवा बिष्णु बन्जाडे यतिखेर बेलायतमा रहेर पनि गामबेसीको भाकामा रमाउन लालायीत छन्। सोही क्रममा गायक बञ्जाडे र गायिका जमुना रानाको सुमधुर आवाजमा हिन्दु नेपाली नारीहरूको तीजको अवसर पारेर एकदमै रमाइलो तिज कोसेली ‘सिरिसिरी बतासैले’ स्कटनेपाल अनलाइन युटुब मार्फत बजारमा सार्बजनिक गरेको छ।

उक्त भिडियोमा शब्द र संगीत बिष्णु बन्जाडेको रहेको छ भने अभिनयमा बिष्णु बन्जाडे लगायत सिक्षा पौडेल रहेको देखिन्छ। टिका अधिकारीले छायाँकन गरेको भिडियोलाई बिष्णु बन्जाडे र जानकी सिंजालीले निर्देशन गरेका हुन् भने टिका अधिकारीले सम्पादन गरेका हुन्।

साउन १४, २०७६ मंगलबार १५:०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .