ad ad

कला


उच्च अदालतको फैसला कंगनाको पक्षमा, बीएमसीले गरेको तोडफोडको क्षतिपूर्ति तिर्नुपर्ने

उच्च अदालतको फैसला कंगनाको पक्षमा, बीएमसीले गरेको तोडफोडको क्षतिपूर्ति तिर्नुपर्ने

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार १०:१८,

बलिउड अभिनेत्री कंगन रनावतले मुम्बई महानगरपालिका (बीएमसी)ले पाली हिलस्थित आफ्नो अफिसमा गरेको टोडफोडलाई लिएर दायर गरेको रिटमाथि अदालतमा सुनुवाई भएको छ।

अदालतले कंगनाले कार्यालय निमार्ण गर्नु जायज भएको बताउँदै उक्त कार्यालयमा भएको तोडफोड गलत भएको बताएको छ।

कंगनालाई धम्क्याउनका लागि तोडफोड गरिएको भन्दै अदालतले  तोडफोडबाट भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति तिर्न समेत आदेश दिएको छ। क्षति मूल्यांकनका लागि समिति निर्माण गर्न र त्यसले दुवै पक्षको कुरा सुनेरमात्र मूल्यांकन गर्ने बताइएको छ।

अदालतले तीन महिनाभित्र क्षतिको मूल्यांकन गर्ने पनि आदेश दिएको छ। तोडफोड भएको दुई महिनापछि अदालतले आफ्नो फैसला सुनाएको हो।

अदालतले अभिनेत्री रनावतलाई पनि सोचीसम्झी बोल्न सुझाब दिएको छ।

अदालतको फैसलापछि कंगनाले ट्विट गर्दै भनेकी छन्, ‘जब कोही सरकारबिरूद्ध उभिन्छ, यो उसको एक्लोको विजय नभई लोकतन्त्रको जित हो। मेरो पक्षमा उभिएका सबैलाई धन्यवाद। मेरो सपनाहरु टुट्दा जो हाँसे र नकारात्मक भूमिका निर्वाह गरे उनीहरुलाई पनि धन्यवाद। उनीहरु खलनायक बने र त म हिरो बनेँ।’

फैसलापछि कंगनाका वकिल रिजवान सिद्दीकीले भने, ‘मैले कंगनालाई सूचना दिएँ। उनी न्यायको बारेमा थाहा पाउँदा खुसी थिइन्। म विश्वस्त थिए कि यस्तै आदेश प्राप्त हुनेछ। किनभने केस तथ्यमा आधारित थियो र ती गलत हुन सक्दैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .