ad ad

कला


बलिउड अभिनेता विवेक ओबरायको घरमा प्रहरीको छापा

बलिउड अभिनेता विवेक ओबरायको घरमा प्रहरीको छापा

नेपालखबर
असोज २९, २०७७ बिहिबार ८:५९,

बलिउड अभिनेता विवेक ओबरायको घरमा प्रहरीले छापा मारेको छ।

अभिनेता ओबरायको घरमा बेंगलुरु प्रहरीले बिहीबार दिउँसो १ बजेबाट छापा मार्न सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 यो छापामारी अभिनेता ओभराय नभई उनका सालासँग सम्बन्धित रहेको बताइएको छ। बेंगलुरु प्रहरी सर्च वारेन्ट लिएर बिहीबार दिउँसो ओभरायको जुहुस्थित घरमा पुगेको थियो।

विवेशकका साला आदित्य अल्वालाई कन्नड फिल्म उद्योगका गायिका र अभिनेता/अभिनेत्रीलाई ड्रग्स सप्लाई गर्ने गरेको आरोपमा प्रहरीले खोजी गरेको हो। उनी कर्नाटकका पूर्वमन्त्री जीवराज अल्वाका छोरा हुन्।

अपराध महाशाखाको टोलीले विवेकको घरमा छापा मारेको हो। एक प्रहरी अधिकारीले भने , ‘आदित्य अल्वा फरार रहँदै आएका छन्। उनी विवेक ओबरायका नातेदार हुन र उनी यहाँ लुकेका छन् भन्ने सुचनाका आधारमा छापा मारेका हौँ।’

कन्नड फिल्म उद्योगलाई सैन्डलउडका रूपमा चिनिन्छ। बलिउडजस्तै दक्षिणमा भारतीय फिल्म क्षेत्रमा पनि पछिल्लो समय लागूपदार्थ दुर्व्यसनका घटना सार्वजनिक भएका थिए। खबरअनुसार  ड्रग्स केसमा केही चर्चित व्यक्तिका नाम समेत आएका छन्। यस्तै अभिनेत्री रागिनी द्विवेदी र सजना गलराणीलाई प्रहरीले गिरफ्तार समेत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .