कला


रिया चक्रवर्तीको जमानत आग्रह अदालतद्वारा खारेज

रिया चक्रवर्तीको जमानत आग्रह अदालतद्वारा खारेज

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार ८:१७,

सुशांत सिंह राजपूत आत्महत्या प्रकरणमा जोडिएको ड्रग्स मामिलासम्बन्धी मुद्दामा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्तीको जमानतको आग्रहलाई मुम्बईको विशेष अदालतले खारेज गरेको छ।

अदालतले उनका भाइ शौविक चक्रवर्ती र अन्य आरोपित अब्दुल बासित, जैद विलात्र, दीपेश सावन्त र समुएल मिरन्दाको जमानत अनुरोध पनि खारेज पनि गरेको छ।

विशेष अदालतले जमानत नदिएपछि रिया चक्रवर्तीका वकिलले सोमबार मुम्बई उच्च अदालतमा जमानतका लागि अनुरोध गर्ने बताएका छन्। उनले विशेष अदालतको आदेशको प्रतिलिपि पाउने बित्तिकै थप कारबाहीको लागि उच्च अदालत जाने बताए। रियाका वकिल सतिश मानसिन्देले बुधबार रियाको जमानतका लागि अदालतसँगग अनुरोध गरेका थिए।

यी सबै व्यक्तिहरुलाई सुशांत सिंह राजपूतको मृत्युसम्बन्धी लागुपदार्थको मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको थियो। अदालतले रियालाई १४ दिनका लागि २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा पठाएको थियो।

समाचार एजेन्सी एएनआईका अनुसार शुक्रबार जमानत अनुरोधमाथि भएको सुनुवाइको क्रममा एनसीबीले जमानत स्वीकृतिको विरोध गर्दै शौविक चक्रवर्ती ड्रग्स सिन्डिकेटको सक्रिय सदस्य भएको र रिहा गरियो भने उसले प्रमाण नस्ट गर्न सक्ने भन्दै जमान सदन अस्वीकार गरेको बताएको छ।

अदालतले जमानत दिन अस्वीरकार गरेसँगै रिया सोमबारसम्म जेलमै रहने पक्का भएको छ। उहिले उनी भायकुला जेलमा रहेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad