कला


माइला लामाको गिरफ्तारीप्रति प्रलेसको आपत्ति

माइला लामाको गिरफ्तारीप्रति प्रलेसको आपत्ति

नेपालखबर
साउन ६, २०७६ सोमबार १२:२८,

प्रगतिशील लेखक संघ, नेपालले जनवादी श्रष्टा माइला लामालाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ। 

प्रलेस, नेपालका अध्यक्ष प्राडा जीवेन्द्र देव गिरी र महासचिव समीर सिंहले सोमबार विज्ञप्ति निकाली जनवादी कलाकार एवंम प्रलेस, नेपालका पुर्व केन्द्रीय सल्लाहकार माइला लामाको गिरफ्तारीप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको भन्दै लामालाई यथासिघ्र रिहा गर्न माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘जनवादी कलाकार एवंम प्रलेस, नेपालका पूर्व केन्द्रीय सल्लाहकार माइला लामाको गिरफ्तरीको समाचारप्रति हाम्रो संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ। जनताको ठूलो संघर्ष पश्चात प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई यतिखेर कम्युनिस्ट सरकारले नेतृत्व गरिरहेको छ। यस स्थितिमा शान्ति, विकास र समृद्धिको जनचाहना पनि उत्तिकै जीवन्त छँदैछ। तर नेपाली राजनीतिमा पछिल्लो चरणमा देखिएका केही अस्वाभाविक परिघटनाले नेपाली समाज पुनः द्वन्द्वतिर जाँदै गरेको आभास हुनु निश्चय पनि सुखद कुरा हुन सक्दैन। यसर्थ हाम्रो संस्था वार्ता संवादका माध्यमबाट सहअस्तित्व र मेलमिलापको भावनालाई उच्च प्राथमिकतामा राख्दै राजनैतिक समस्याको समाधान गरिनु पर्दछ भन्ने ठान्दछ।’

सबै लेखक स्रष्टालाई राज्यले आफ्नै राष्ट्रिय पुँजीका रुपमा ग्रहण गर्न पनि प्रलेसले विशेष अपिल गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालका सबै वामपन्थी लेखकहरुको साझा मोर्चा हुनुको हैसियतले पनि प्रगतिशिल लेखक संघ कुनै पनि लेखकलाई राज्यको तहबाट अमर्यादित व्यवहार गरिनु हुँदैन र अनावश्यक चुनौतिको सामना गर्नुपर्ने अवस्था आउनु हुँदैन भन्ने मान्यता राख्दछ। अतः प्रगतिशिल लेखक संघका पूर्व सल्लाहकार एवंम स्रष्टा माइला लामालाई यथाशिघ्र रिहा गर्न यो संघ विशेष माग गर्दछ।’

pra le sa

विप्लव नेकपाका नेता लामालाई प्रहरीले शनिबार राति काठमाडौंबाट पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad