कला


टिकटकमा हाउभाउले हजारौंको मन जित्दै सानी समाइरा

टिकटकमा हाउभाउले हजारौंको मन जित्दै सानी समाइरा

नेपालखबर
भदौ १६, २०७७ मंगलबार १०:५५,

सिढीको तल्लो भागमा दुईवर्षे छोरी समिरालाई उभ्याएर टिकटक बनाउँदा आमा सबिना थापाले त्यस भिडियोलाई दर्शकहरुले अत्याधिक मन पराउँलान भन्ने सोचेकी थिइनन।

त्यो रहरमात्रै थियो तर, ठिक एकमहिना अघि अपलोड गरिएको ‘...ओ काँजल’ गीतमा सानी समाइराको अभिनय, हाउँभाउलाई धेरैको मन तान्यो।

समिराको उक्त पहिलो भिडियामा ३५ हजार बढीले लाइक तथा ६ सय बढी कमेन्ट आएको छ। प्रायः सबैले उनको क्युट हाउभाउको प्रशंशा गरेका छन।

@samairathapa123

najer lagli oe najer lagli😋 Samaira baby💘💘.....

♬ ओए काजल - gitadhungana00

कमेन्टमा सबैले छोरीको प्रशंशा गरेको देखेपछि हौसिएकी सबिनाले अर्कोदिन समाइराका तीनवटा भिडियो अपलोड गरिन। तीनवटैले उत्तिकै मन पराइए। सुरुका दुई भिडियोमा क्रमशः २७ र २४ हजार लाइक आएपनि तेस्रो भिडियोमा भने १ लाख ७९ हजार लाइक आयो।

यतिञ्जेलसम्म क्युट हाउभाउका साथ प्रस्तुती दिने सानी समिरालाई धेरैले मन पराउन थालिसकेका थिए। उनका फलोवर्सपनि एकाएक बढ्न थाले। दैनिक तीन भिडियो अपलोड हुँदै आएको समाइराका फलोवर्सको एक महिनाको अवधिमै २ लाख ७० हजार बढी पुगिसकेका छन। उनका भिडियोलाई ७० लाखभन्दा बढी लाइक मिलेको छ।

दोलखा घर भएका थापा परिवार काठमाडौंमा बस्दै आएका छन। आमा सबिनाले नै छोरी समिराको भिडियो खिच्दिने, पोस्ट गर्दिने गर्छिन। सबिनाका अनुसार समाइरा मोबाइलमा गीत बज्ने बित्तिकै नाच्न थाल्थिन। सुरुमा उनले समिराको भिडियोहरु फेसबुकमा पोस्ट गरिन। त्यसलाई धेरैले मन पराए।

@samairathapa123

I am sorry really sorry##tiktoknepal# Samairathapa##foryou# ##foryoupage#

♬ original sound - tankabudhathoki

‘मोबाइलमा गीत बजेपछि नाच्न थालिहाल्थिन। सुरुमा त फेसबुमा राखे। पछि टिकटक एकदमै चलेकाले त्यसमा राख्दा धेरैले मन पराउँनुभयो,’ सबिनाले भनिन्, ‘सानो उमेरमा सबैको मायाँ बटुलेकी छे। खुशी लागेको छ।’

सबिनाका अनुसार समाइरालाई टिकटक बनाउँन धेरै टेक लिइरहनु पर्दैन। उनी एकचोटी कुनै गीतमा कसैको अभिनय हेरेपछि त्यसलाई टपक्कै टिप्छिन र त्यस्तै अभिनय गरिहाल्छिन।

समिराको भिडियो हेरेर थुप्रै कलाकारहरुले पनि उनको प्रशंशा गर्नुका साथै म्युजिक भिडियोको पनि प्रस्ताव आइसकेको आमाले बताइन।

समिराको भिडियो मुन्तिर कमेन्टमा आमाछोरीको भिडियो बनाउँन पनि आह्वान आउँछ। त्यसैलाई सम्बोधन गर्दै आमाछोरीको ‘सोचेझै जिन्दगी रैनछ...’ लगायत गीतमा पनि टिकटक देख्न पाइन्छ। त्यसलाई ९२ हजार बढीले मन पराएका छन।

@samairathapa123

soche jhai jindagi rahenx# Mamuxori ko teej##keeploving# ##foryoupage##tiktoknepal# ##keepsupporting##foruyou#

♬ original sound - prakashkharel123

अधिकांशले कमेन्टमा सकरात्मक प्रतिक्रिया दिएपनि कतिपयले पढाउँन छोडेर के नाटक गरेको होला? भन्ने प्रश्न गर्ने गरेको बारेसमेत सबिनालाई जानकारी छ।

उनी समाइरा ज्ञानी भएको र पढ्ने समयमा पढ्ने, खेल्ने समयमा खेल्ने गर्ने गरेको बताउँछिन।

‘धेरैले त नानीले धेरै राम्रो गर्छिन। समिरालाई हेरेर हाम्रा नानीहरु पनि खुशी हुन्छन भनेर प्रतिक्रिया दिनुहुन्छ,’ उनले भनिन्, ‘कतिपयमा पढाईमा ध्यान दिनु नी पनि भन्नुहुन्छ। उसले चौबिसैं घण्टा टिकटक बनाउँने हैन। पढ्ने बेला पढ्छिन। खेल्ने बेला खेल्छिन। सबैलाई ढाई वर्षकी नानीलाई नराम्रो कमेन्ट नगरिदिनुहोला भन्ने आग्रह गर्छु।’

@samairathapa123

mataw sani sani nani gaughr ki xori ##Samairathapa123##keeploving# ##keepsupporting##tiktoknepal# ##foryoupage#

♬ original sound - akesha_pokharel

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad