गायक तथा संगीतकर्मी प्रसाद लामिछाने र गायिका समीक्षा अधिकारीको स्वरमा ‘पानी छल्काले’ गीतको म्यूजिक भिडिओ सार्वजनिक भएको छ।
पानी छल्काले गीतलाई युट्युब च्यानल प्रसाद डिजिटल म्युजिकले सार्वजनिक गरेको हो।
सुरेन्द्र लामिछानेको शब्द रचना तथा प्रसाद लामिछानेको संगीत दिएको गीतमा कुमार केसीको निर्देशन रहेको छ।
गीतको म्युजिक भिडिओमा सुरेन्द्र लामिछाने र नायिका तथा मोडल नम्रता सापकोटाले अभिनय गरेका छन् ।
प्रविन भट्टको सम्पादन रहेको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन्।
भिडियो –
प्रतिक्रिया