ad ad

कला


मुख्यमन्त्री नितिश कुमारबारे टिप्पणी गर्ने औकात रिया चक्रवर्तीमा छैनः बिहार प्रहरी

मुख्यमन्त्री नितिश कुमारबारे टिप्पणी गर्ने औकात रिया चक्रवर्तीमा छैनः बिहार प्रहरी

नेपालखबर
भदौ ३, २०७७ बुधबार ९:३८,

झन् सुशान्तका पिता के.के सिंहले रिया चक्रवर्तीका कारण सुशान्तले आत्महत्या गरेको भन्दै बिहारको अदातलमा मुद्दा दर्ता गरेपछि यस विषय बृहत बन्दै गएको छ।

सुशान्तकी प्रेमिका रहेकी रियाले आफूमाथि आत्महत्या दुरुत्साहनको मुद्दा लागेपछि त्यसको प्रतिवाद गरेकी छिन्।

हाल बिहार सरकारको माग अनुसार सुशान्तको आत्महत्याको विषय भारतको केन्द्रिय अनुसन्धान ब्युरो सीबीआईले अनुसन्धान गर्ने तय भएको छ।

सीबीआईले यस विषयमा अनुसन्धान गर्ने भएपछि हालै रिया चक्रवर्तीले बिहारका मुख्यमन्त्री नितिश कुमारका कारण सर्वोच्च अदालतले सीबीआईलाई मुद्दा सुम्पिएको बताएकी थिइन्।

रियाले यस मुद्दालाई राजनीतिक बनाइएको आरोप लगाएकी थिइन्। रियाले यस्तो बताएपछि बिहारका प्रहरी प्रमुख गुप्तेश्वर पाण्डेले बुधबार नितिश कुमारबारे टिप्पणी गर्ने औकात रियामा नभएको बताएका छन्।

Sushant death case: Rhea Chakraborty dialled Shruti Modi 569 times ...

पाण्डेले भनेका छन्,‘बिहारका मुख्यमन्त्रीबारे टिप्पणी गर्ने औकात रियामा छैन। अदालतले जे गर्यो त्यो वैधानिक छ।’

उनले नितिश कुमारकै कारण सुशन्त सिंह राजपुतले न्याय पाउने आशा जागेको पनि बताए। गत जुन १४ मा सुशान्तले आत्महत्या गरेका थिए।

उनको मृत्युको कारण बलिउडमा व्याप्त नेतावाद ‘नेपोटिज्म’ भएको टिप्पणी गरिएको छ। सुशान्तबाट धेरैवटा चलचित्र खोसिएको र उक्त चलचित्रमा अन्य बलिउडकर्मीका छोराछोरीलाई स्थान दिइएका कारण सुशान्त डिप्रेसनमा गएको आशंका गरिएको छ।

यस्तै सुशान्तका पिताले भने रिया चक्रवर्तीका कारण सुशान्तले आत्महत्या गरेको बताएका छन्।

भारतीय संचारमाध्यमका अनुसार रियाले सुशान्तको क्रेडिटकार्डबाट आफ्नो आर्थिक खर्च टार्थिन्, सुशान्त बिरामी हुँदा पनि उनकै फ्ल्याटमा रियाले साथीहरु बोलाएर पार्टी गर्थिन्।

सुशान्तको गृहनगर बिहारमा उनको आत्महत्या नभएर हत्या भएको भन्दै यसबारे अनुसन्धान हुनुपर्ने माग भइरहेको छ। एनडीटीभी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .