ad ad

कला


सुशान्त मृत्यु प्रकरण : सर्वोच्च अदालतले दियो छानबिनको जिम्मा सीआईबीलाई

सुशान्त मृत्यु प्रकरण : सर्वोच्च अदालतले दियो छानबिनको जिम्मा सीआईबीलाई

नेपालखबर
भदौ ३, २०७७ बुधबार ९:२०,

बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणको छानविन गर्ने जिम्मा सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको छ।

बुधबार भारतको सर्वोच्च अदालतले यो घटनाको छानविनको जिम्मा सीआइबीलाई दिने फैसला गरेको हो।

सुशान्तका पिता र बिहार सरकारका तर्फबाट यो घटनाको छानविनको जिम्मा सीआईबीलाई दिन माग गरिएको थियो। अदालतले महाराष्ट्र सरकारको दावी खारेज गर्दै मुम्बई प्रहरीलाई सबै सबुद प्रमाण जाँचका लागि सीआईबीलाई दिन आदेश दिएको छ।

सुशान्त मृत्यु प्रकरणको छानविनका लागि सीआईबीले बनाएको एसआईटी टोली छिट्टै मुम्बई प्रहरीको अपराध विभागका प्रमुखसँगै भेटघाट गरी यो घटनासँग जोडिएका सम्पूर्ण प्रमाणहरु लिने बताइएको छ।

सर्वोच्च अदालतले बिहार प्रहरीलाई उजुरी दर्ता गर्ने अधिकार भएको र पटनामा दर्ता भएको उजुरी पनि सही भएको बताएको छ।

सुशान्तका पिताले वकिल विकास सिंहसँग आफूलाई न्यायको अपेक्षा रहेको बताएका छन्। मुम्बई प्रहरीले भने अहिलेसम्म यसबारे कुनै उजुरी दर्ता गरेको छैन।

बिहारका डीजीपी गुप्तेश्वर पाण्डेले भने सुशान्त केशमाथि अव न्याय हुने बताएका छन्। उनले यो फैसालले सर्वोच्च अदालतप्रति जनताको विश्वास बढ्दै गएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .