गायिका सरस्वती लामिछाने र गायक कृष्ण अखेलीको स्वर रहेको तिज गीत ‘बतासे पानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
‘बतासे पानी’मा शिव अखेलीको शब्द र गायक कृष्णको लय रहेको छ। गीतको एरेन्ज कृष्ण विक ‘भाञ्जा’ले गरेका छन्। गायक अखेलीको आधिकारिक युट्युव च्यानल कृष्ण अखेलीमार्फत शुक्रबार गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
यसअघि लामिछाने र अखेलीले ‘आउने जाने बसैको भाडा तिरम्ला’, ‘उपन्यास’ लगायतका गीत ल्याएका थिए।
बतासे पानीको म्युजिक भिडियो निर्देशन शंकर बिसीले गरेका छन् भने महेन्द्र गौतम र दिपाशा बिसीले अभिनय गरेका छन्। भिडियोको छायाँकन दुर्गा पौडल, सम्पादन नवीन घर्तीमगरले गरेका छन्।
हेरौँ भिडियो

प्रतिक्रिया