भारतका प्रसिद्ध सिने कलाकार अमिताभ बच्चनलाई शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको छ।
बच्चनले आफूलाई कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको ट्विटरबाट सार्वजनिक गरेका छन्।
बच्चनले आफ्नो परिवारका सदस्य र स्टाफहरुको परीक्षण गरिएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको बताएका छन् भने आफूसँग नजिकको सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।
उनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
— Amitabh Bachchan (@SrBachchan) July 11, 2020T 3590 -I have tested CoviD positive .. shifted to Hospital .. hospital informing authorities .. family and staff undergone tests , results awaited ..
All that have been in close proximity to me in the last 10 days are requested to please get themselves tested !

प्रतिक्रिया