कला


लकडाउनकै बीच भारतका यी कलाकारले गरे आत्महत्या

लकडाउनकै बीच भारतका यी कलाकारले गरे आत्महत्या

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ११:५३,

बलिउडका चर्चित युवा अभिनेता सुशान्त सिंह राजपुतले आइतबार आत्महत्या गरेका छन्।

उनी लामो समयदेखि डिप्रेसन रहेकाे पारिवारिक स्राेतले जनाएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

आइतबार बिहान सुशान्त मुम्बईको बान्द्रास्थित आफ्नै निवासमा झुण्डिएर आत्महत्या गरेका हुन्। मुम्बई प्रहरीले अहिले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

प्रहरीलाई सुशान्तले आत्महत्या गरेको जानकारी उनको घरका सहयाेगीले फोनमार्फत दिएका थिए।

भारतीय टेलीसिरियलबाट कला क्षेत्रमा प्रवेश गरेका उनको ‘पवित्र रिस्ता’ सिरियल चर्चित बनेको थियो।

यसपछि उनी ‘काइ पो चे’मार्फत बलिउडमा प्रवेश गरेका थिए। यसमा उनको अभिनयको निकै चर्चा भएको थियो। यसपछि उनी ‘शुद्ध देशी रोमान्स्’, भारतीय क्रिकेट टिमका पूर्वकप्तान एमएस धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी : द अन टोल्ड स्टोरी’, ‘पिके’, ‘सोन चिडिया’, ‘केदारनाथ’ र ‘छिछोरी’ जस्ता फिल्ममा काम गरेका थिए।

थोरै फिल्ममा काम गरेर पनि निकै चर्चामा आउने बलिउडका कम कलाकारमध्य उनी एक हुन्। उनको आत्महत्याप्रति विश्वास नै नलागेको भन्दै बलिउडका चर्चित कलाकारहरुले दुःख व्यक्त गरेका छन्।

उनको आत्महत्याको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

सुशान्तमात्रै होइन काेराेना भाइरसकाे सम्भावित संक्रमण राेकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन यता केही भारतीय कलाकारहरुले आत्महत्या गरेका छन्।

मनमित ग्रेवाल

टेलिभिजन अभिनेता मनमित ग्रेवालले गत महिना आर्थिक समस्याका कारण आत्महत्या गरेका थिए। ‘आदत से मजबुर’, ‘कुलदीपक’ जस्ता सिरियलमा काम गरेका उनले आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेको उनका एक साथीले जानकारी दिएका थिए।

manmeet grewal friend manjeet reveal Neighbors keep making videos ...अभिनेता मनमित ग्रेवाल

३२ वर्षीय मनमित लकडाउनका कारण आर्थिक समस्यामा परेको र सोही कारण आत्महत्या गरेको उनी निकट बताउँछन्। उनले आफूले कही काम नपाएको र पैसा सकिएका कारण तनावमा रहेको साथीहरुँग बताउँदै आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रेक्षा मेहता
क्राइम पेट्रोलबाट परिचित भारतीय टेलिभिजनकी अभिनेत्री प्रेक्षा मेहतले पनि लकडाउनकै बीचमा आत्महत्या गरेकी हुन्। गतमहिना उनले इन्दौरस्थित आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन्। उनले ‘क्राइम पेट्रोल’, ‘मेरी दुर्गा’, र ‘लाल इश्क’ जस्ता सिरियलमा काम गरेकी थिइन्।

Crime Patrol' actress Preksha Mehta commits suicide ...अभिनेत्री प्रेक्षा मेहत

पछिल्लो समय लकडाउन र त्यसअघि पनि लामो समयसम्म काम नपाएका कारण उनी तनावमा थिइन्। सोही तनावका कारण उनले आत्महत्या गरेको बताइएको छ।

आइतबार आत्महत्या गरेका कालाकार सुशान्त सिंह राजपुतका म्यानेजर दिशा सलियनले  पनि दिनअघि एक घरको छतबाट हामफालेर आत्महत्या गरेकी थिइन्। उनी कलाकार नभए पनि सहयोगी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सुशान्त सिंह राजपुतका म्यानेजर दिशा सलियन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad