कला


सुशान्तसिंह राजपुतको टिभीदेखि फिल्मसम्मको सुनौलो यात्रा

सुशान्तसिंह राजपुतको टिभीदेखि फिल्मसम्मको सुनौलो यात्रा

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ११:३९,

सन् २०२० बलिउडबाट लगातार एकपछि अर्को खराब समाचार आइरको छन। इरफान खान, ऋषि कपुरको मृत्युको खबरपछि आइतबार अर्का अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेको खबर सार्वजनिक भयो।

सुशान्त त्यस्ता अभिनेता रहे जसले कम समयमा धेरै सफलता हात पारे। टिभीदेखि लिएर उनी बलिउड सिनेमासम्म चम्किला नक्षेत्र रहे।

‘पवित्रा रिश्ता’ टेलिभिजन कार्यक्रमबाट चर्चित
सुशान्तसिंह रातपुतले सन् २००८ मा ‘किस देश मे हैं मेरा दिल’ टेलिभिजन कार्यक्रमबाट अभिनय कार्यक्रमको सुरुवात गरेका थिए। यस कार्यक्रमबाट भने उसलाई खासै पहिचान भएन। त्योसँगै टेलिभिजन कार्यक्रमहरु ‘जरा नचके देखा ले’ र ‘झलक दिखला जा’ मा पनि देखिएका थिए।

सन् २००९ मा उनी पवित्रा रिश्ता टेलिभिजन कार्यक्रममा देखिएका थिए। यस कार्यक्रममा अंकिता लोखंडेका साथमा उनको जोडी चर्चित रह्यो। यस कार्यक्रममा मानवको भुमिकामा उनलाई धेरैले चिने।

‘कोई पो चे’ बाट बलिउडमा डेब्यू
फिल्म ‘कोइ पो चे’बाट सुशान्तले बलिउडमा डेब्यू गरे। त्यसपछि उनी लगातार फिल्ममा देखिए। यसपछि उनका ‘शुद्ध देसी रोमांन्स’, ‘पीके’, ‘एमएस धोनीः अनटोल्ड स्टोरी’, ‘राबता’, ‘वेलकम टू न्यूयोर्क’, ‘केदारनाथ’, ‘राबता’, ‘वेलकम टू न्यूयोर्क’, ‘केदारनाथ’, ‘सोन चिडिया’, ‘छिछोरे’, ‘ड्राइव’ जस्ता फिल्ममा देखिए।

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिक फिल्म एमएस धोनीः अनटोल्ड स्टोरी सुशांन्तको फिल्मी करिअरको पहिलो सुपरसिट फिल्म रह्यो। २०१६ मा आएको यो फिल्मले बक्स अफिसमा पनि निकै राम्रो कमाई गरेको थियो।

धर्मा प्रोडेक्सनको फिल्म ‘ड्राइव’ मा उनी अन्तिम पटक देखिएका थिए। २०१९ मा आएको यस फिल्ममा उनी जैकलिन फर्नान्डेजसँग रोमान्टिक भुमिकामा देखिएका थिए। डिजिटल प्लेटफर्ममा उपलब्ध यो फिल्म भने सफल हुन सकेन।

दर्शकलाई अन्तिम फिल्मको पर्खाई
कोरोना भाइरसको महामारीका कारण उनको अन्तिम फिल्म ‘दिल बेचारा’ रिलिज हुन सकेको छैन। दर्शकहरु भने यही फिल्म कहिले रिलिज होला भन्ने पखाईमा छन। तर, फिल्म रिलिज हुनुअघि नै आइतबार उनले आत्महत्या गरेको समाचार सार्वजनिक भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad