गायक हिमाल सागर र गायिका एलिना चौहानको आवाजमा ‘ताकधिन् ताकधिन् (मोहोनी लगायौ)’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार नृपेश उप्रेतीले रचना र कम्पोज रहेको गीतमा हिमाल र एलिनाले पहिलोपटक सहकार्य गरेका हुन्।
प्रेमिल र जनजिब्रोमा झुण्डिने शब्द तथा सांगीतिक मिठासका कारण गीतले स्रोता दर्शकको मन जित्न सक्ने गीतकार उप्रेती दाबी गर्छन्।रोमान्टिक भावको यस गीतको म्युजिक भिडिओ शक्तिप्रज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्।
गीतको भिडिओमा चर्चित मोडलहरू स्मारिका ढकाल र प्रभात पल ठकुरीले अभिनय र नृत्य देख्न सकिन्छ। राजेश घिमिरेको छायांकन तथा प्रवीण थापाको नृत्य निर्देशन रहेको भिडिओलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।
नुवाकोटको रमणीय दृश्यहरूलाई भिडिओमा खिचिएको हो। गीतको म्युजिक भिडियो 'खुशी इन्टरटेन्मेन्ट नेपाल' युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको यो गजल टिकटक, फेसबुक तथा अडियो डिजिटल प्लाटफर्महरू स्पोटिफाइ, एप्पल म्युजिक, अमेजन म्युजिक, युट्युब म्युजिक आदिमा एकैसाथ उपलब्ध छ ।
Shares

प्रतिक्रिया