फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ। फिल्मका दृश्यहरूलाई समावेश गरेर तयार गरिएको लिरिकल भर्सनको गीतमा जयन जे वाइवाको रहेको शब्द र सङ्गीत रहेको छ।
गीतमा समीक्षा अधिकारीसहित दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङको स्वर रहेको छ। कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ।
फिल्मका लेखक तथा निर्देशक यम थापाले सार्वजनिक दोस्रो गीत फिल्मको कथासँग जोडिएको बताए। उनले भने, ‘गीतमा आमा र छोरी बीचको प्रेम देखाइएको छ। छोरी प्रति आमाको माया र हुर्काउन गर्ने सङ्घर्षलाई चित्रण गरिएको छ।’
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।
फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।
36
Shares

प्रतिक्रिया