रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्म ‘धुरन्धर-२’ बक्सअफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। घरेलु बक्सअफिसमा नेट कलेक्सन ८४६.८७ करोड भारतीय रुपैयाँ पुगेको छ।
जुन कमाइसँगै यसले पहिलो भागको भारतको लाइफटाइम कलेक्सनलाई उछिनेको छ। ‘धुरन्धर’ ले भारतभरको लाइफटाइम कलेक्सन ८०४ करोड भारु थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मले रिलिजको दोस्रो आइतबार ६८.१० करोड कमाएको थियो। त्यस्तै, विश्वभर फिल्मले १३६१ करोड भारु कलेक्सन गरेको छ। विदेशमा मात्रै फिल्मको व्यापार करिब ३५० करोड पुगिसकेको छ।
यस आकडासँगै ‘धुरन्धर-२’ ले पहिलो भागको विश्वव्यापी रेकर्ड (१,३०७ करोड) लाई समेत पछाडि पारेको छ। साथै धेरै कमाउने भारतीय फिल्मको चौथो स्थानमा परेको छ।
ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘धुरन्धर-२’ दोस्रो हप्तामा सबैभन्दा बढी कमाउने हिन्दी चलचित्र बनेको छ। दोस्रो हप्ताको शुक्रबारदेखि आइतबारसम्म मात्र यसले १६४ करोड भारु कमाएको छ।
Shares

प्रतिक्रिया