चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आ बाट आमा २’ मा आकाश श्रेष्ठ अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले सोमबार फिल्मका लागि अनुबन्ध गरेको हो।
फिल्मका निर्देशक चन्द्र पन्तले आकाशलाई फिल्मको महत्वपुर्ण भुमिकाका लागि अनुबन्ध गरेको जानकारी दिए। ‘हामीले फिल्मको कथा अनुसार नै आकाशलाई अनुबन्ध गरेका हौँ। यसअघि मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुवन्धित गरिसकेका छौँ,’उनले भने।
आर्या इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने यो फिल्मका लागि यसअघिनै विपना थापा,पल शाह अनुबन्धित भइसकेका छन्। यस बाहेक अन्य कलाकारको बारेमा निर्माण पक्षले केहि खुलाएको छैन।
बैशाखबाट छायांकनमा निस्किने तयारीमा रहेको यस फिल्मको कथा निर्देशक पन्तले नै लेखेका हुन्।
हलमा चलिरहेको फिल्म ‘आ बाट आमा’ले १३ करोड १० करोड ९२ हजार माथीको व्यापार गरिसकेको छ। पहिलो भाग सुपरहिट भएपछि निर्देशक पन्तले यसको दोस्रो पार्ट निर्माण गर्न लागेको हुन्।
पहिलो पार्टमा विपना थापा आमाको भुमिकामा हुँदा अभिनेता पल शाह छोराको भुमिकामा देखिएका थिए। बुवाको भुमिकामा भने भारतिय वरिष्ठ कलाकार प्रदीप रावत रहेका छन्। दोस्रोमा हुन्छन् कि हुँदैनन् भन्ने कुरामा निर्माण पक्षले जानकारी दिएको छैन्। अन्य कलाकारका बारेमा निर्देशक पन्तले विस्तारै खुलाउँदै लैजाने बताए।
आगामी नयाँ वर्ष अर्थात बैशाखबाट छायांकनमा जाने यस फिल्मको प्रदर्शन दशैंमा रिलिज गर्ने निर्माण पक्षको तयारी छ।
Shares

प्रतिक्रिया