कला


शाहरुखको ‘जवान’ र यशको ‘केजीएफ: च्याप्टर-२’लाई उछिन्दै ‘धुरन्धर-२’ बन्यो धेरै कमाउने छैटौँ फिल्म

शाहरुखको ‘जवान’  र यशको ‘केजीएफ: च्याप्टर-२’लाई उछिन्दै ‘धुरन्धर-२’ बन्यो धेरै कमाउने छैटौँ फिल्म

नेपालखबर
चैत १५, २०८२ आइतबार १५:३६, काठमाडौँ

रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्म ‘धुरन्धर-२’ ले बक्सअफिसमा ऐतिहासिक सफलता हात पारेको छ।

यस फिल्मले विश्वभरबाट एक हजार २२६ करोड भारतीय रुपैयाँ संकलन गरेको छ। यसले छैटौँ धेरै कमाउने फिल्मको कीर्तिमान बनाएको छ।

योसँगै ‘धुरन्धर-२’ ले शाहरुख खानको ‘जवान’ (१,१६० करोड) र यशको ‘केजीएफ: च्याप्टर-२’ (१२१५ करोड) को लाइफटाइम कलेक्सनलाई उछिनेको छ।

रिलिजको १०औँ दिन शनिबार मात्रै फिल्मले भारतमा ६२.८५ करोडको व्यापार गरेको छ। जसमा हिन्दी संस्करणको हिस्सा ५८ करोड रहेको छ। घरेलु बक्सअफिमको नेट कलेक्सन ७७८.७७ करोड पुगेको छ।

‘धुरन्धर: द रिभेन्ज’ बलिउडकै सुपरहिट फिल्म ‘धुरन्धर’ को सिक्वेल हो। यस फिल्ममा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। साथै फिल्ममा सञ्जय दत्त, अर्जुन रामपाल र आर माधवन लगायतको अभिनय छ।

गत ५ डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले बक्सअफिसमा ठूलो सफलता हात पारेको थियो। पहिलो भागले विश्वभर १ हजार ३०७ करोड भारु कमाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad