बलिउडका चर्चित निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम हुने भएको छ ।
निफको दोस्रो दिन पर्यटन बोर्डमा दिउँसो ३ बजे यी दुईबीचको संवाद कार्यक्रम तय भएको आयोजकले बताएको छ। संवाद कार्यक्रमको शीर्षक ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ राखिएको छ ।
नेपाली र बलिउड चलचित्रको यात्रा, व्यक्तिगत अनुभव, चलचित्रको विगत, वर्तमान र भविष्यका विषयमा यी दुईले कुराकानी गर्ने तय भएको अध्यक्ष पाठकले बताए ।
निफको उद्घाटन कार्यक्रममा विशेष उपस्थिति रहने गरी निर्देशक सिप्पी चैत १८ गते काठमाडौं आउने तय भएको आयोजकले बताएको छ।
रमेश सिप्पीले दर्जनभन्दा बढी बलिउड फिल्म निर्देशन गरेका छन्। बलिउडमा काशेढुंगाका रुपमा साबित भएको फिल्म ‘शोले’ उनकै निर्देशनमा बनेको हो ।
सिप्पीले आफ्नो निर्देशनमा बनेका फिल्महरूमा शाहरुख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याक्की श्रफ, मिथुन चक्रवर्ती, ऋषि कपुर, सञ्जीव कुमार, शशी कपुर, धर्मेन्द्र र राजेश खन्नालगयातका बलिउड स्टारलाई अभिनय गराएका छन्।
नवौं संस्करणको निफ चैत १९ बाट काठमाडौं हुँदैछ आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू गरिनेछ।
प्रतिस्पर्धामा सहभागी नभएका १० वटा चिनियाँ र रसियन फिल्महरू पनि निफमा देखाइनेछ ।
42
Shares

प्रतिक्रिया