बद्री पंगेनीको गीत ‘झ्याप्पै’ लाई युट्युबमा २ करोडभन्दा भ्युज मिलेको छ। सार्वजनिक गरेको तीन महिनामै यस गीतलाई युट्युबमा २ करोड पटक हेरिएको छ। सार्वजनिक गीतमा पंगेनीसहित गायिका ज्योति मगरको स्वर रहेको छ।
नारायण ज्ञवालीको शब्द रहेको यस गीतमा स्वयं बद्री पंगेनीकै संगीत भरेका छन्। रमाइलो लोकदोहोरी प्याटनमा तयार पारिएको गीतलाई दर्शकले रूचाएका छन्। सार्वजनिक भएसँगै गीत टिकटकदेखि रिल्समा भाइरल भएको थियो।
गीतले फरक समुदायबीचको प्रेमलाई देखाउँदै जातभेदभन्दा माथि उठेर माया गर्नुपर्छ भन्ने सन्देश दिन्छ।
गीतको भिडिओ बद्री पंगेनीकै कथा तथा निर्देशन बनेको हो। भिडिओमा आरूषि मगर र सुरेश कोहलीले अभिनय तथा नृत्य गरेका छन्।
एबी वाग्लेको रहेको नृत्य निर्देशन गीतको भिडिओमा छायांकन दुर्गा पौडेल र मनोज कार्कीको सम्पादन छ।
Shares

प्रतिक्रिया