फिल्म ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले यतिखेर चर्चा बटुलिरहेको छ। यो गीतले युट्युबमा ४० लाख भन्दा बढी भ्यूज पाएको छ।
यसैबीच निर्माणटिमले ‘हुम्लाको लिमी’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर सुन्न सकिन्छ।
मौसम अर्यालको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ। रोमान्टिक शैलीको यो गीतको भिडिओलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन्।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार विराज भट्ट र नव-नायिका खुशी कार्कीले नृत्य गरेका छन्। यो गीतको छायांकन दैलेखमा गरिएको हो।
यस फिल्ममा कथा, पटकथा तथा निर्देशन माइकल चन्दको रहेको छ। उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको फिल्मका कार्यकारी निर्माताहरूमा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन्।
मोती कार्की क्रिएटिभ प्रोड्यूसर रहेको फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन्। फिल्ममा विराज र खुशीसहित सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुषसिंह ठकुरी, खुशी कार्की लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया