बहुप्रतिक्षित फिल्म ‘राम नाम सत्यः पर्दा भित्रको पर्दा’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक फिल्मको टिजर एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको छ।
फिल्मको टिजरमा मुख्य अभिनेता विराज भट्टलाई एक्सन अवतार देख्न सकिन्छ। फिल्ममा विराजसँगै अर्का अभिनेता सुशील श्रेष्ठ पनि आक्रामक र एक्सन लुकमै देखिएका छन्। दुबैको एक्सन अवतारले टिजरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने निश्चित छ।
टिजरमा दिंवगत अभिनेता सुनिल थापालाई पनि देख्न सकिन्छ। उनी फिल्ममा खतनाक भिलेनको भूमिकामा देखिएका छन्। सम्भवत:यो थापाको अन्तिम फिल्म समेत हो। किनकी निधन हुँदा थापा यसै फिल्मको सुटिङ गरिरहेका थिए। तर, अन्तिम सिन सकाउन बाँकी राख्दै घर फर्किएका सुनिलको त्यसैरात निधन भएको थियो।
फिल्ममा विराज, सुशील र सुनिलसहित दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ। टिजरमा यी सबै कलाकारहरुलाई देख्न सकिन्छ ।
माइकल चन्दको निर्देशनमा तयार भएको यो फिल्मको टिजरले चैत्र २७ गतेबाट रिलिज हुँदैछ। माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ।
अभिमन्यू निरवी र समय थपलिया फिल्मका स्क्रिप्ट सल्लाहाकार हुन्। माइकल चन्दकै कथा र पटकथा रहेको फिल्ममा साहिल खानले टिजर र ट्रेलर तयार पारेका हुन् ।
फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीत सुपरहिट भइसकेको छ । यसैबिच, यो टिजरले पनि दर्शकको आक्रामक साथ पाउने विश्वास गरिएको छ ।
Shares

प्रतिक्रिया