पल शाहको फिल्म ‘आ बाट आमा’ ले अनमोल केसी अभिनीत फिल्म ‘जेरी अनटप’ को रेकर्ड तोडेको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार यस फिल्मले १२ करोड ६६ लाख ९० हजार ९८१ रूपैयाँ ग्रस कलेक्सन गरेको हो।
माघ १६ गतेदेखि रिलिज भएको चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’ को ३७ दिनको व्यापार हो। यस अवधीभर फिल्मका ४ लाख ८२ हजार ६४७ वटा टिकट बिक्री भएका छन्।
फागुन २३ अर्थात शनिबारसम्मको बक्स अफिस विवरणअनुसार ‘आ बाट आमा’ यस वर्ष धेरै कमाउने दोस्रो फिल्म बनेको छ। पहिलो नम्बरमा फिल्म ‘परान’ छ। यसले नेपालमा १७ करोड ८४ लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ।
यसअघि १२ करोड २६ लाख ६ हजार कमाउँदै अनमोल केसीको फिल्म ‘जेरी अनटप’ थियो। अब भने यो फिल्म तेस्रो नम्बरमा छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा रहेको छ। यस फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट, बेगम नेपाली, रचना गौतम लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया