कला


मौन अवधीमा आफूलाई गालिप्रति निशा: अति गर्नु, अत्याचार नगर्नु

मौन अवधीमा आफूलाई गालिप्रति निशा: अति गर्नु, अत्याचार नगर्नु

नेपालखबर
फागुन २०, २०८२ बुधबार १४:५७, काठमाडौँ

अभिनेत्री निशा अधिकारी सामाजिक सञ्जालमार्फत आफूविरुद्ध भइरहेको गाली गलौज र दुव्र्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। काठमाडौं क्षेत्र नं ५ बाट चुनावमा उठेकी उनले राजनीतिमा आएसँगै आफूलक्षित व्यक्तिगत आक्रमण भइरहेको उल्लेख गरेकी छिन्। उनी गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट चुनावी मैदानमा छिन्।

बुधबार बिहान उनले सामाजिक सञ्जालमार्फत आफूलाई गाली गर्ने केही व्यक्तिहरूको स्क्रिनसट सार्वजनिक गरेकी छन्। ‘अति नगर्नु, अत्याचार नगर्नु’ भन्दै निशाले चेतावनीसमेत दिएकी छन्।

‘यो दोस्रो भाग हो। यसपालि मैले नामहरु लुकाएको छैन। किनकि कहिलेकाहीँ घृणा गुमनाम भएर होइन, खुलेआम सामान्यीकृत भएर फैलिन्छ। महिलाले नेतृत्व लिन खोज्दा सबैभन्दा पहिले उनको नीति होइन, उनको निजी जीवन छानिन्छ। उनको क्षमता होइन, उनको चरित्रमाथि प्रश्न उठाइन्छ। यो केवल मेरो कथा होइन। यो सार्वजनिक जीवनमा रहेका धेरै महिलाको साझा अनुभव हो।’

आफू शब्दहरूबाट विचलित नभएपनि चुप भने नबस्ने उनको भनाइ छ। उनले राजनीतिक संस्कृतिबारे पनि प्रश्न उठाएकी छन् ।

‘हामी कस्तो राजनीतिक संस्कृति निर्माण गर्दैछौँ! असहमति गर्ने तर सम्मान जोगाउनेरु कि असहमतिलाई अपमानमा बदल्ने? यो पोस्ट मत माग्नका लागि होइन। यो मात्र सम्झनाका लागि हो कि लोकतन्त्रको स्तर हामीले एक–अर्कासँग प्रयोग गर्ने भाषाबाट मापन हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad