नेपालको पहिलो लोक दोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन १’को अन्तिम चरणका लागि उत्कृष्ट ८ प्रतिष्पर्धी छानिएका छन्।
आयोजकका अनुसार अन्तिम चरणमा स्याङ्जाका लिलबहादुर थापा मगर, धादिङकी रितु कुमाल, धादिङका अमृत जर्घा मगर, दोलखाकी निशा लामा, बाँकेका मानव रावत क्षेत्री, चितवनका नरन पौडेल, कास्कीका अनिल चापागाईं र दोलखाका दीपक थापा मगर छानिएका हुन्।
शोको फिनाले आगामी चैत १७ गते काठमाडौंमा हुनेछ। आयोजकका अनुसार देशका जिल्लाबाट सहभागी भएका गायकगायिकाहरूले आफ्ना जिल्लाको प्रतिनिधित्व गर्दै नेपाली लोकदोहोरी संगीतलाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान दिएका छन्।
यो शो एभेन्टोज डिजिटलले आयोजना गरेको हो। नेपाली लोक संगीतका नयाँ प्रतिभालाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको आयोजकको भनाइ छ।
Shares

प्रतिक्रिया