शनिबार अभिनेता विपिन कार्कीले एक तस्बिर पोस्ट गरे। जुन तस्विरमा उनको हुलिया निकै फरक छ।
क्याप्सनमा उनले लेखेका छन्, ‘पहिरनले मात्र चरित्रको निर्धारण गर्दैन।’
तस्बिरमा विपिनले चेन खुलेको रातो रंगको ज्याकेट लगाएका छन्। घुँडातिर च्यातिएको गाढा खैरो पाइन्ट, शरीरभरि जमेको धुलो र फोहोर देखिन्छ। उनी ठूलो दु:ख खेपेर यो अवस्थामा पुगेको महसुस हुन्छ। जुन तस्विर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
दर्शकहरूले विपिनले पात्रको लागि गरेको यो किसिमको मेहनेतको तारिफ गरिरहेका छन्। यद्धपी, विपिनले यो तस्बिर कुन फिल्मको पात्र हो भन्ने खुलाएका छैनन्।
विपिन भर्सटाइल कलाकार हुन्, उनले फरक फरक पात्र निर्वाह गरेर दर्शकहरूको मन जित्दै आएका छन्।
102
Shares

प्रतिक्रिया