कला


विवाह गर्दै रश्मिका र विजय, इन्स्टा स्टोरीमा सेयर गरे ‘विवाह नोट’

विवाह गर्दै रश्मिका र विजय, इन्स्टा स्टोरीमा सेयर गरे ‘विवाह नोट’

नेपालखबर
फागुन ११, २०८२ सोमबार १३:२१, काठमाडौँ

अन्तत: बलिउड अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाको बिहे पक्का भएको छ। विभिन्न हल्ला चलिरहेको बेला दुवैले सामाजिक सञ्जालमार्फत विवाह गर्न लागेको सार्वजनिक गरेका छन्।

लामो समयदेखि विजय र रश्मिका प्रेमसम्बन्धमा छन्। दुवैले इन्स्टाग्राम स्टोरीमार्फत सुन्दर नोट सेयर गर्दैं विवाहबारे औपचारिक जानकारी दिएका हुन्।

उनीहरूले फ्यानहरूले दिएको विरोश नामप्रति आभार व्यक्त गरेका छन्। ‘हाम्रा प्रियजनहरू, हामीले कुनै योजना बनाउनु वा आफ्नो लागि केही निर्णय गर्नु अघि नै तपाईं हामीसँगै हुनुहुन्थ्यो। तपाईंले हामीलाई धेरै मायाका साथ विरोश नाम दिनुभयो। त्यसैले आज हाम्रो सम्पूर्ण हृदयले, हामी तपाईंको सम्मानमा हाम्रो मिलनको नामकरण गर्दै छौँ। हामी यसलाई विरोशको विवाह भन्दै छौँ। हामीलाई यति धेरै माया दिनुभएकोमा धन्यवाद। तपाईं सधैं हाम्रो हिस्सा रहनुहुनेछ। धेरै धेरै माया,’ नोटमा भनिएको छ। 

रश्मिका र विजयको विवाह यही २६ फेब्रुअरीमा भारतको राजस्थानस्थित उदयपुरमा हुनेछ। पारिवारिक सदस्य र निकट साथीहरूको उपस्थितिमा ऐतिहासिक महलमा विवाह हुन लागेको भारतीय मिडियाले लेखेका छन्। उनीहरूले बिहेको पृष्टि गरेसँगै चलचित्रकर्मी तथा फ्यानले बधाईं दिइरहेका छन्। 

सन् २०१८ मा रिलिज भएको ‘गीता गोविन्दम’ रश्मिका र विजय एकसाथ देखिएका थिए। त्यसपछि सन् २०१९ मा ‘डियर कमरेड’ मा एकसाथ देखिएका उनीहरूको जोडीलाई दर्शकले निकै मन पराए। त्यसबेलादेखि नै उनीहरू निकट भएको बताइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad