कृष्ण विक र समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘होरी’ सार्वजनिक गरिएको छ। राम अविरल विष्टको शब्दमा तयार भएको गीतको भिडिओमा अभिनेता राजेश हमाल फिचर्ड छन्।
म्युजिकल भिडिओमा हमालसँगै उषा खड्गी, मनोज महर्जन र बिन्दिया बुढाथोकीको अभिनय रहेको छ। छायांकन पवन सुस्लिङले गरेका छन् भने सहायक क्यामेरामा सुरज पौडेल छन्। लाइट टिममा रमेश कार्की, गणेश थापा, दिनेश सुबेदी, हरि श्रेष्ठ र अनिश बुढाथोकीको साथ छ।
गीतमा दीपक आरजेको संगीत संयोजन तथा स्वर सहकार्य रहेको छ।
भिडियो निर्देशन सरोज खड्काले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठ, रङ संयोजन राजेन्द्र मोकतान, कोरियोग्राफी देवु सिंह ओर्हा, आर्ट निर्देशन मनोज बोगटी, मेकअप सरिता प्रजापति, पोशाक डिजाइन बोनिका कार्की र रित खड्काको रहेको छ। भिडिओ कन्सेप्ट कृष्ण विक र बिन्दिया बुढाथोकीको रहेको छ।
सुदूरपश्चिमको देउडा भाकामा तयार भएको गीतमा पञ्चेबाजा र सनईको प्रयोगले ‘होरी’लाई मौलिक स्वाद दिएको छ। पञ्चेबाजामा एचबीएन किस्मत र सनईमा समीरको साथ रहेको छ।
कोरसमा सबिन सुबेदी, धुर्बा बिको, विशाल राई, दीप सुहाङ लिम्बु, बिनुषा राई, अब्सु योगीलगायतको सहभागिता छ। थप कोरस टिममा ऋषुक सुबेदी, मौसम रिजाल, प्रिन्स सुवर्णाकर, सन्तोष, श्रवण घिसिङ, जीवन लामा, अस्मान, राम, पार्वती वाइबा, सुधा बस्तौला, जोया मगर, मोनिका सशंकर, सोनिका गजमेर, पुष्पा, स्मिता गाथराज र सुस्मिता थापा रहेका छन्।
राहुल विश्वकर्माको एरेन्ज, एचबीएन किस्मतको मिक्स–मास्टरीङ र रेकर्डिस्ट राज खड्काका रहेका छन्।
गीत कृष्ण बिकको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
Shares

प्रतिक्रिया