फिल्म ‘बिगुल’को प्रदर्शन हाललाई स्थगित गरिएको छ। निर्माणटिमले एक विज्ञप्ति निकाल्दै यस फिल्मलाई हलबाट उतार्ने निर्णय गरेका हुन्।
‘नेपाली कथानक चलचित्र बिगुल को प्रदर्शन मिति २०८२ फागुन ६ गते बुधबारदेखि अर्को सूचना जारी नभइन्जेलसम्मका लागि हाललाई स्थगित गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा लेखिएको छ।
निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राखी सम्बन्धित निकायहरूको सुझाव तथा परिस्थितिको मूल्याङ्कन पश्चात् यो निर्णय लिइएको विज्ञप्तिमा उल्लेख छ। साथै चाडै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने समेत बताइएको छ।
फागुन २ गतेबाट प्रदर्शनमा आएको यो फिल्म राजनीतिक विषयवस्तुमा आधारित छ। सुरुवातीदेखिनै फिल्मले दर्शकहरु तान्न सकेन।
रमेश कोइराला निर्देशित यस फिल्ममा नीर शाह, रमेश बुढाथोकी, बेनिशा हमाल, नरेन खड्का, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित लगायतको अभिनय छ। दिनेश कोइराला निर्माता रहेको फिल्मको कल्पना पौडेल प्रस्तुतकर्ता हुन्।


Shares

प्रतिक्रिया