आगामी चैत १३ गतेबाट रिलिज हुने फिल्म ‘हामी तीन भाइ’को लिरिकल गीत सार्वजनिक भएको छ। महाशिवरात्रीको दिन पारेर निर्माण टिमले फिल्मको मार्मिक गीत ‘मैले जति दुःख, पीडा, कष्ट पाको भए’ गीत ल्याएको हो।
सार्वजनिक गीतमा बाबुल गिरीले स्वर दिएका छन् भने संगीत पनि उनैको छ। गीतले आफ्नो दु:ख बेदना र संघर्षको कथालाई सुनाउँछ। आफ्नो दुःख कष्ट अरुले पाको भए सायद भगवान पनि रुन्थेँ भन्ने भाव गीतको छ।
मधुसुदन भट्टराई निर्देशित यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा लगायतको अभिनय छ।
प्रसिद्धि सिने आर्टस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। साथै कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन्।
Shares

प्रतिक्रिया