कला


जब माधुरी दीक्षितलाई दूरदर्शनले टेलीसिरियलका लागि अस्वीकृत गर्‍यो...

जब माधुरी दीक्षितलाई दूरदर्शनले टेलीसिरियलका लागि अस्वीकृत गर्‍यो...

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार १२:७,

बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित ‘धकधक’ गर्लका रुपमा परिचित छिन्। कुशल अभिनय र नृत्यका कारण उनी बलिउडको शीर्ष स्थानमा पुगेकी हुन्।

‘देवदास’, ‘अन्जाम’, ‘कोयला’जस्ता सुपरहिट फिल्मका कारण उनलाई बलिउडकी विशिष्ट अभिनेत्रीका रुपमा लिइन्छ।

अहिले यो स्थानमा रहेकी यी अभिनेत्री करिअरको सुरुवातमा भने निकै संघर्ष गर्नुपरेको थियो। थुप्रै टिभी शोका लागि उनी अस्वीकृत भएकी थिइन्। त्यस्तै मध्यको एक हो दूरदर्शनको टेलीसिरियल ‘बम्बई मेरी है’ पनि एक हो।

सन् १९८४ मा ‘बम्बई मेरी है’ टेलीसिरियलको सुटिङ मुम्बईमा भएको थियो। यो माधुरीको डेब्यू टेलीसिरियल हुनेवाला थियो। यसको पहिलो खण्डको शुटिङ पूरा भएको थियो र बाँकी सुटिङ जारी थियो। माधुरी यसमा प्रमुख नारी चरित्रको रुपमा थिइन्। सो सिरियलको प्रमुख पुरुष पात्र बेन्जामिन गिलानी थिए। गिलानी त्यस समयको टिभी सिरियलका प्रशिद्ध कलाकार थिए। उनले ‘तारा’, ‘रिस्ते’ र ‘होटल किंग्स्टन’जस्ता शोमा पनि काम गरेका थिए। पछिल्लो समय उनी रणवीर सिंह र दीपिका पादुकोण स्टारर फिल्म ‘बाजिराव मस्तानी’मा राजा छत्रशालाको भूमिकामा पनि देखिएका थिए।

‘बम्बई मेरी है’ सिरियल निर्देशक अनिल तेजानीद्वारा निर्मित थियो। अनिल एफटीआईआईको पूर्व छात्र हुन् र उनले सलमान खानको फिल्म 'पार्टनर'जस्ता फिल्महरू बनाएका छन्। यस बाहेक उनले  मीरा नायरको फिल्म ‘सलाम बम्बई’ पनि निर्माण गरेका छन्।

‘बम्बई मेरी है’ सिरियल टिभीमा कहिल्यै प्रसारित भएन्। दूरदर्शनले नै यसलाई प्रसारण गर्न चाहेन्। सिरियलमार्फत जे खोजेको हो कलाकारमा त्यो नभेटेको भन्दै दूरदर्शनले यो सिरियल प्रसारण गर्न अस्वीकार गरेको बताइएको छ। माधुरी दीक्षित र बेन्जामिन गिलानीसँगै मजहर खान पनि यस शोमा देखापर्नेवाला थिए। आज पनि यो सिरियलको सुटिङका फोटोहरू देख्न पाइन्छ।

माधुरीले यसैवर्ष राजश्री प्रोडक्सनको फिल्म ‘अबोध’बाट बलिउडमा डेब्यू गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad