म्युजिकल फिल्म ‘बानी’ मा अधूरो प्रेमकथा समेटिएको छ। जसमा भावनात्मक प्रेम, दूरी र बिछोडको कथालाई देखाइएको छ।
यस म्युजिकल फिल्ममा दिनेश क्षेत्रीको शब्द, संगीत र स्वर रहेको छ। सुब्रत आर्चाय निर्देशन रहेको भिडिओको कथा दिनेशकै कन्सेप्टमा तयार भएको हो।
सार्वजनिक भिडिओमा अभिनेता आर्यन सिग्देलसहित करुणा श्रेष्ठलाई देख्न सकिन्छ। भिडियोले नेपालको एक युवक र सिक्किमकी एक युवतीबीचको प्रेम सम्बन्धलाई कथावस्तु बनाएको छ, जहाँ प्रेमपछि आउने उतार–चढाव र बियोगान्त मोडले दर्शकलाई भावुक बनाउने प्रयास गरिएको छ।
42
Shares

प्रतिक्रिया