आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउो फिल्म ‘आ बाट आमा’को प्रमोसन सुरु भएको छ। सोमबार फिल्मको गीत ‘सृष्टिकै पहिलो नाम’ रिलिज गरिएको थियो भने मंगलबार अभिनेता पल शाह र अभिनेत्री विपना थापा सुदूरपश्चिम महोत्सवमा पुगे।
पल र विपनाले अभिनय रहेको गीत ‘धर्तीमा आँखा खोली, मैले बोलेको त्यो बोली, सृष्टिकै पहिलो नाम आ बाट आमा’मा सुदूरपश्चिमेली दर्शक भावुक बने। महोत्सवमा गाउँगाउँबाट आएका हजारौँ दर्शक उपस्थित थिए। युवा दर्शकले पल र विपनालाई देखेपछि हुटिङ पनि गरेका थिए।
यस फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। निर्देशक पन्तकै कथा तथा पटकथा रहेको फिल्ममा पल र विपनासँगै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायतको अभिनय रहेको छ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा अभिमन्यू निरवीले लेखेका हुन्। यो फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्।
फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन्। नवराज उप्रेतीले छायांकन गरेको फिल्मको ट्रेलर र टिजर साहिल खानले काटेका हुन्।
नेपालमा आरआर फिल्मसले प्रदर्शन अधिकार लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।
Shares

प्रतिक्रिया