काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) गायन क्षेत्रमा पनि परिचित नाम हो। उनै बालेनको स्वरमा फिल्म ‘झरीपछिको इन्द्रेणी’ को शीर्ष गीत सार्वजनिक भएको छ।
आइतबार बालेनको युट्युव च्यानलबाट फिल्ममा समावेश ‘आम नेपाली बुवा’ बोलको गीत सार्वजनिक गरिएको हो।
ओएसटी ट्रयाकमा र्यापर तथा मेयर बालेनको र्याप गीत रहेको छ। सार्वजनिक गीतलाई बालेनले हालै दिवंगत बुवा डा.रामनारायण शाहप्रति समर्पित गरेका छन्।
यस गीतको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिर जान्छौ यात्री’ लाई राखिएको छ। जसको ओर्जिनल गायक रविन शर्मा र संगीतकार रञ्जित गजमेर हुन्।
गीतको स्वरसहित शब्द पनि बालेनले नै लेखेका हुन्। कोरस गायनमा भने दीक्षा उप्रतीले साथ दिएकी छिन्।
सार्वजनिक गीतले बुवाको सन्तानप्रतिको जिम्मेवारी, संघर्ष र भावनात्मक मनस्थितिलाई प्रस्तत गरेको छ। गीतको भिडिओमा फिल्मकै दृश्यहरुलाई समावेश गरिएको छ। १२ घण्टामै यस गीतले युट्युवमा ६ लाख ५८ हजार भ्युज पाइसकेको छ।
अर्जुन घिमिरे पाँडेको डेब्यु निर्देशनमा बनेको फिल्म आगामी पुस ४ गते रिलिज हुँदैछ। फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियाना आचार्य, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, विमोचन दवाडी, जेसिका पोखरेललगायतको अभिनय छ।
फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेललगायतले अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया