मंगोलियन हार्ट बेलायतमा गुञ्जिने भएको छ। ब्यान्डले पहिलोपटक बेलायतमा लाइभ प्रस्तुति दिन लागेको हो।
ब्यान्ड सदस्यहरू बुधबार लाइभ कन्सर्टका लागि नेपालबाट प्रस्थान गर्दै छन्। मुख्य कन्सर्ट १३ डिसेम्बरमा ह्यारो सेन्टर, लन्डनमा हुनेछ। यस विशेष कन्सर्टको आयोजना जीटी बेस इन्टरटेन्मेन्टले गरेको हो।
कन्सर्टमा ब्यान्डका चर्चित गीतहरू लाइभ गुञ्जिनेछन्। ब्यान्डका ‘पर्खाइमा’, ‘बादलपारिको देशबाट’, ‘गाजलु टीका’, ‘सुम्निमा’, ‘म मायाँ लाउँदिनँ’, ‘तिमीलाई देखेर’, ‘सायद तिम्रो बाटोमा’ लगायत दर्जनौँ गीत हिट छन्।
ब्यान्डका म्यानेजर तथा गिटारिष्ट बोबी लामाले कार्यक्रमको सबै तयारी पूरा भइसकेको जानकारी दिए। उनले भने, ‘हामी सबै तैयार छौं र युकेका दर्शकलाई लाइभ प्रस्तुतिसँग जोडिन पाउँदा लालायित पनि छौँ।’
३३ वर्षअघि सन् १९९२ मा स्थापना भएको मंगोलियन हार्टले लोक, स्लो रक, पप मेलोडीलगायतका जनराका गीत गाएको छ। ब्यान्डमा राजु लामासहित रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।
Shares

प्रतिक्रिया