अस्ट्रियाली वृत्तचित्र निर्देशक क्यारोला मायर काठमाडौँ आउने भएकी छन्। उनी मंसिर २६ गते शुक्रबार अस्कर इन्टरनेसनल कलेजमा वृत्तचित्र ‘हेलवाच’ प्रदर्शनीका लागि काठमाडौँ आउने भएकी हुन्।
‘हेलवाच’ एक जना अस्ट्रियाली लेखक, पर्वतारोही तथा भेडीगोठाले बोडो हेलबारे बनेको काव्यिक पोट्रेट वृत्तचित्र हो। अस्ट्रियाली सरकारद्वारा छनोट गरिएका ‘राष्ट्रका लागि योगदान गरेका’ १२ जना साहसी महिलामध्ये मायर एक हुन्।
वृत्तचित्र प्रदर्शनपछि निर्देशक मायरसँग अन्तक्रियासमेत गरिने कलेजका शिक्षक नवनिधि दाहालले जानकारी दिए। उनले वृत्तचित्रको प्रदर्शनी लगत्तै तीन दिने ‘क्यालिओप प्रस्तुति’को पनि उद्घाटन हुने बताए।
मंसिर २६ देखि २८ गते (१२ देखि १४ डिसेम्बर) सम्म क्यालिओप प्रस्तुति प्रदर्शनी अस्ट्रियाली दूतावास नयाँ दिल्लीसँगको सहकार्यमा अस्कर कलेजले आयोजना गर्दै छ।
Shares

प्रतिक्रिया