पछिल्लो समय फिल्म निर्माणमा उत्साहजनक वृद्धि भएको छ। चलचित्र विकास बोर्डले दिएको जानकारी अनुसार पछिल्लो पाँच वर्षको चौमासिक तथ्यांकअनुसार यसवर्ष सबैभन्दा धेरै फिल्म निर्माण भएका हुन्।
चलचित्र विकास बोर्डको तथ्यांक अनुसार, यो वर्ष धेरै चलचित्रले निर्माणका निम्ति इजाजत लिएको पाइएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन, भदौ, असोज, कार्तिक) मा ७० चलचित्रले निर्माण इजाजत लिएर नयाँ रेकर्ड कायम गरेको बोर्डले जनाएको छ। यसअघि कुनै पनि वर्षको पहिलो चौमासिकमा यति धेरै चलचित्रले इजाजत नलिएको बोर्डको भनाइ छ।
आर्थिक वर्ष २०७८/७९ मा पहिलो चौमासिकमा ३६, २०७९/८० मा ४७, २०८०/८१ मा ४७, २०८१र८२ मा ५१ र २०८२/८३ मा ७० चलचित्र निर्माणका निम्ति इजाजत लिएको उल्लेख छ। ‘यो तथ्याङ्कले नेपाली चलचित्र उद्योगमा नयाँ उत्साह, सम्भावना र सिर्जनशीलताको बढ्दो गतिलाई स्पष्ट देखाउँछ,’बोर्डले जनाएको छ।
Shares

प्रतिक्रिया