अभिनेता अमिताभ बच्चनले ऋषि कपुरको निधन भयो भनेर जानकारीसहित गरेको ट्विट हटाएका छन्।
बिहीबार बिहान उनले ट्विटमा लेखेका थिए, ‘उनी गए.. ऋषि कपुर... गए..अहिले भर्खर बिते...म विक्षिप्त भएको छु।’
अमिताभ बच्चनले हटाएको ट्विट
दिउँसो भने उक्त ट्विट हटाएपछि अहिले उनको ट्विटरमा अन्तिम ट्वीट इरफान खानसँग जोडिएको खबरको छ।
ऋषि कपुरको निधनको ट्विट अमिताभ बच्चनले किन हटाए? कसैले जवाफ दिएको छैन।
हाल अमिताभको ट्विटर एकाउन्टमा अन्तिम ट्विट इरफानसँग जोडिएको मात्रै छ
उपचारका क्रममा ६७ वर्षे कपुरको बिहीबार निधन भएको हो। स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपुरको बिहीबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यो पनि: बलिउड अभिनेता ऋषि कपुरको निधन
3
Shares

प्रतिक्रिया