कला


सौगातको मुख्य भूमिकामा ‘बब डाई’  को छायांकन सुरु

सौगातको मुख्य भूमिकामा ‘बब डाई’  को छायांकन सुरु

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १७:९, काठमाडौँ

सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बब डाई’ को छायांकन सुरु भएको छ। गत सोमबार शुभमुर्हुतसँगै छायांकन सुरु गरिएको हो। चन्द्रागिरीबाट छायांकन सुरु भएको फिल्मको ४५ दिनको छायांकन तालिका तोकिएको छ।

यो अवधिमा काठमाडौंको किर्तिपुर, चन्द्रागिरी आसपासमै छायांकन हुने निर्माण टिमले जनाएको छ। रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्मलाई प्रबिन श्रेष्ठले निर्देशन गरिरहेका छन् ।

यसअघि 'मोक्ष' फिल्म निर्देशन गरेका प्रबिनले १२ बर्षपछि निर्देशनमा कमब्याक गर्दैछन्। निर्देशक श्रेष्ठका अनुसार 'बब डाई'मा किर्तिपुरकै कथा छ। चलचित्रको नामबारे निर्देशक श्रेष्ठ भन्छन्, 'खासमा बब डाई भनेको बब दाई हो। नेवारी ट्युनमा दाईलाई डाई भनिने भएकाले नाममा त्यसरी राखेका हौं ।'

उनका अनुसार 'बब डाई'को भूमिकामा सौगात मल्ल देखिनेछन्। फिल्ममा सौगातसहित सिम्रन पन्त, सन्तोष पन्त, बिशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्ण भक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पन्डितको अभिनय रहनेछ।

फिल्ममा मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको छ। चलचित्रको मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने हुन् भने सहायक निर्देशकमा दिनेश बहादुर राउत छन् । चलचित्रको प्रदर्शन मिति तोकिएको छैन । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad