कला


‘परान’ को दबदबाबीच रिलिज भएका ‘जारी २’ र ‘मन बिनाको धन’ को कस्तो छ व्यापार?

‘परान’ को दबदबाबीच रिलिज भएका ‘जारी २’ र ‘मन बिनाको धन’ को कस्तो छ व्यापार?

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १५:३, काठमाडौँ

गत शुक्रबारदेखि फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शन भए। ‘परान’ को दबदबाबीच यी दुबै फिल्मले उत्साहजनक ओपनिङ गरेका छन्।

शुक्रबारका दुई फिल्ममध्ये ‘जारी २’ ले सर्वाधिक शो पाएको थियो। शुक्रबार देशव्यापी ७० प्रतिशत अकुपेन्सी रहेको फिल्मको शनिबार लगभग शतप्रतिशत अकुपेन्सी थियो। यस फिल्मले शनिबार मात्रै १ करोड २१ लाख बढीको व्यापार गरेको छ।

निर्माणटिमका अनुसार  जारी २’ ले दुइ दिनमा २ करोड ७० लाखको व्यापार गरिसकेको बताइएको छ।

‘मन बिनाको धन’ ले पहिलो दिन न्युन सो पाएको थियो। प्राप्त सोमा शुक्रबार फिल्मको देशव्यापी अकुपेन्सी ५० प्रतिशत हाराहारी थियो। शनिबार ७०/७५ प्रतिशतसम्म रह्यो।

शनिबार फिल्मलाई देशभर उपलब्ध धेरैजसो शोमा दर्शकको उपस्थिति उच्च देखिएको छ। यस फिल्मले पनि सुखद व्यापार गरेको छ। यद्धपी, निर्माणटिमले फिल्मको व्यापार सार्वजनिक गरेका छैनन्। 

दोस्रो सातामा प्रदर्शनरत ‘परान’ को कमाइ पनि आक्रामक रहेको छ। यस फिल्मले नवौं दिन शनिबार १ करोड २० लाख व्यापार गरेको छ।

‘जारी २’ चर्चित फिल्म ‘जारी’ को सिक्वेल हो। २०८० सालमा रिलिज भएको ‘जारी’ १७ करोड माथिको व्यापार गरेको थियो।

लिम्बू संस्कृतिमाथि आधारित ‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्मा, प्रेम सुब्बा, अनिल सुब्बा, रेखा लिम्बू लगायतको अभिनय छ। फिल्मको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन्।

‘मन बिनाको धन’ भने बालगायक अशोक दर्जीको जीवनमा आधारित फिल्म हो। टंक बुढाथोकी निर्देशित यस फिल्ममा दर्जीको जिरोदेखि हिरोसम्मको यात्रालाई समेटिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad