दसैंमा प्रदर्शन भएका नेपाली फिल्महरूले दर्शकहरूको राम्रो साथ पाइरहेका छन्। यद्धपी, तीन नेपाली फिल्मभन्दा भारतीय फिल्म ‘कान्तारा: च्याप्टर १’ को कमाई आक्रामक छ।
असोज १३ गते फूलपातीमा रिलिज भएका बलिदान, हरिबहादुरको जुत्ता र माइतीघर तेस्रो सातामा हलमा प्रदर्शनरत छन्। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार यी तीन फिल्मको कूल कमाई १३ करोड नजिक छ। जुन १५ दिनसम्मको कमाइ हो।
४ करोड ८४ लाख ९५ हजार कमाउँदै ‘बलिदान’ अग्रस्थानमा छ। त्यसैगरि, ‘हरिबहादुरको जुत्ता’ ले ४ करोड ३८ लाख ३२ हजार कमाउँदा ‘माइतीघर’ ले भने ३ करोड ५४ लाख ७५ कलेक्सन गरेको छ।
दसैंको दिनबाट रिलिज भएको भारतीय फिल्म ‘कान्तारा: च्याप्टर १’ ले भने बक्सअफिसमा कमाल गरिरहेको छ। यस फिल्मले नेपालमा १२ दिनसम्म(सोमबार) ९ करोड २० लाख ३३ हजारको व्यापार गरेको छ।
भारतभर साढे ४ सय करोड भारतीय रुपैयाँ कमाएको फिल्मको विश्वभरको कमाइ सात सय करोड भारु नजिक छ। यस फिल्ममा ऋषभ शेट्टीसहित गुलशन देवैया, जयराम र रकिमिनी वसन्त मुख्य भूमिकामा छन्।
यस फिल्मको लेखन तथा निर्देशन पनि ऋषभ शेट्टीले नै गरेका हुन्। यो फिल्म सन् २०२२ मा रिलिज भएको ‘कान्तारा’ प्रिक्वेल हो। ‘कान्तारा’ ले बक्सअफिसमा ४०० करोड भारू बढीको व्यापार गरेको थियो।
सन्तोष सेनको निर्देशन र लगानी रहेको फिल्म ‘बलिदान’ मा समीर भट्टको मुख्य भूमिका छ। मिलन तामाङ निर्देशित फिल्म ‘माइतीघर’ मा उपासना सिंह ठकुरी, धिरज मगर, श्यामाश्री शेर्पा, केदार घिमिरे, प्रकाश सपुत मुख्य भूमिकामा छन्।
त्यसैगरि, दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश आचार्य, स्वस्तिका खड्का, प्रकाश सपुतको लिड रोल छ।
Shares

प्रतिक्रिया