कला


प्रभासको ‘बाहुबली’ लाई पछि पार्दै हिटको १२औँ स्थानमा ‘कान्तारा: च्याप्टर १’, नेपालमा कस्तो छ कमाई?

प्रभासको ‘बाहुबली’ लाई पछि पार्दै हिटको १२औँ स्थानमा ‘कान्तारा: च्याप्टर १’, नेपालमा कस्तो छ कमाई?

नेपालखबर
असोज २७, २०८२ सोमबार १४:४९, काठमाडौँ

भारतीय फिल्म ‘कान्तारा: च्याप्टर १’ ले बक्सअफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। यसैबीच, प्रदर्शनको दोस्रो सातामा ‘कान्तारा: च्याप्टर १’ भारतीय सिनेमाको १२ औं हिट फिल्म बन्न सफल भएको छ।  

प्रभास स्टारर फिल्म ‘बाहुबली’ लाई पछि पार्दै ऋषभ शेट्टीको यो फिल्म हिटको १२ औं स्थानमा छ। शनिबार बिहान यस फिल्मले रजनीकान्तको ‘जेलर’ र रणवीर कपुरको ‘सञ्जु’ पछि पारेको थियो।

‘कान्तारा: च्याप्टर १’ ले सातामा ३३७.४ करोड भारतीय रुपैयाँ कमाएको थियो भने दोस्रो शुक्रबार फिल्मले २२.२५ करोड रुपैयाँ कमाएको छ। शनिबार ३९ करोड भारू कलेक्सन गर्दा आइतबार ४० करोड रुपैयाँ कमाएको छ। यससँगै फिल्मको कुल कमाई ४३८.६५ करोड रुपैयाँ पुगेको छ। जुन ‘बाहुबली १’ लाइफटाइम कलेक्सन ४२१ करोडभन्दा बढी हो।

नेपालमा पनि यस फिल्मले आक्रामक कमाइ गरिरहेको छ। दसैँको दिन असोज १६ गतेबाट रिलिज भएको यस फिल्मले शनिबारसम्म ८ करोड ६५ लाख कलेक्सन गरेको छ। जुन १० दिनसम्मको कमाइ हो। 

यस फिल्ममा ऋषभसहित गुलशन देवैया, जयराम र रकिमिनी वसन्त मुख्य भूमिकामा छन्। यस फिल्मको लेखन तथा निर्देशन पनि ऋषभ शेट्टीले नै गरेका हुन्। यस फिल्मको कथा पाँच हजार वर्षभन्दा पुरानो किंवदन्तीहरूमा आधारित छ।

यो फिल्म सन् २०२२ मा रिलिज भएको ‘कान्तारा’ प्रिक्वेल हो। ‘कान्तारा’ ले बक्सअफिसमा ४०० करोड भारू बढीको व्यापार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad