कला


कस्तो छ दसैँमा रिलिज भएका नेपाली फिल्मको कमाई?

कस्तो छ दसैँमा रिलिज भएका नेपाली फिल्मको कमाई?

नेपालखबर
असोज २३, २०८२ बिहिबार १२:४८, काठमाडौँ

दसैँको अवसर पारेर प्रदर्शनमा आएका तीन नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ ले कुल ९ करोड रुपैयाँ बढी कलेक्सन गरेका हुन्।

बोर्डले बुधबार ८ दिनको तथ्यांक सार्वजनिक गरेको थियो। जसअनुसार तीन नेपाली फिल्मको कुल कमाइ ९ करोड १० लाख ८८ हजार १०३ रूपैयाँ छ। जसमध्ये व्यापारमा सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ अगाडी देखिन्छ। गत सोमबार रातिसम्मको विवरणअनुसार यस फिल्मले ३ करोड ७५ लाख ५३ हजार २५१ रूपैयाँ ग्रस कलेक्सन गरेको छ।

त्यस्तै, दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ दोस्रो स्थानमा छ। यस फिल्मले ३ करोड २१ लाख ७० हजार १६० रूपैयाँ कमाइ गरेको छ। मिलन तामाङको निर्देशन रहेको ‘माइतीघर’ ले भने २ करोड १३ लाख ६४ हजार ६९२ कमाएको छ।

यी तीनवटै फिल्म फूलपातीको दिन असोज १३ गतेबाट रिलिज भएका हुन्। त्यसैगरी, असोज १६ गते दसैँको दिनदेखि बहुप्रतिक्षित भारतीय फिल्म ‘कान्तारा २’ रिलिज भएको थियो। यस फिल्मले पाँचदिनमै ३ करोड ६२ लाख ४५ हजार ६ सय ५९ नेरु ग्रस कमाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad