समाज


ट्याक्टर चोरीमा संलग्न तीन जना पक्राउ

ट्याक्टर चोरीमा संलग्न तीन जना पक्राउ

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १५:२५, विराटनगर

उदयपुरमा ट्याक्टर चोरीको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरले ट्याक्टर चोरीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्लाको त्रियुगा नगरपालिका–१३ बहेडवाका देवनारायण चौधरीको घर अगाडि पार्किङ गरी राखेको स १ त २८२३ नम्बरको ट्याक्टर चोरी भएको थियो। 

उक्त चोरी भएको जानकारी पाउनासाथ प्रहरीले खोजतलास गरी असोज ३ गते बिहान त्रियुगा–१३  फुलजोरबाट ट्याक्टर र ट्याक्टर चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा  उदयपुको चौदण्डिगढी नगरपालिका–७ का २४ वर्षीय सुदीप चौधरी, चौदण्डिगढी–५ का २५ वर्षीय रोहितकुमार चौधरी र २४ वर्षीय चन्दन कुमार चौधरीलाई  उनीहरूले प्रयोग गरेको बा ६३प ५४७५ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिएको हो। 
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad