कला


के रश्मिका र विजयले गोप्य रूपमा इन्गेजमेन्ट गरेका हुन्?

के रश्मिका र विजयले  गोप्य रूपमा इन्गेजमेन्ट गरेका हुन्?

नेपालखबर
भदौ २२, २०८२ आइतबार १२:५६, काठमाडौँ

भारतीय अभिनेत्री रश्मिका मन्दाना साउथ इन्डियन इन्टरनेशनल मुभी अवार्ड २०२५ मा भाग लिन दुबई गएकी छिन्। 

दुबई विमानस्थलमा उनको औँठीले सबैको ध्यान खिच्याे। अभिनेत्रीको औँठी देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विजय देवरकोन्डाले गोप्य रूपमा इन्गेजमेन्ट गरेको अनुमान गरिरहेका छन्।

भिडिओमा रश्मिका एयरपोर्टबाट निस्कँदा क्याजुअल लुगा लगाएको देखिन्छ। कारमा चढ्नुअघि उनले पत्रकारहरूलाई नमस्कार गर्छिन्, त्यसपछि उनको औँठी औंलामा देखिन्छ। जुन भिडिओ यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडिओ सेयर गरेर प्रयोगकर्ताहरूले रश्मिका विजयसँग इन्गेजमेन्ट भएको दाबी गरिरहेका छन्।

त्यही समयमा जब रश्मिका अवार्ड समारोहको रातो कार्पेटमा देखिइन्। तब रातो सारीमा देखिएकी रश्मिकाको औँलामा त्यो औँठी देखिन्छ।

रश्मिका र विजयको नाम लामो समयदेखि एकअर्कासँग जोडिँदै आएको छ। दर्शकले उनीहरूको अन-स्क्रिन र अफ-स्क्रिन केमेस्ट्री पनि मन पराउँछन्।

हालै, न्यूयोर्क शहरमा आयोजित ४३ औँ इन्डिया डे परेडमा उनीहरू दुवै सँगै देखिएका थिए। दुवैको भिडिओ पनि बाहिर आएको छ, जसमा उनीहरू एकअर्काको हात समातेर बसेका देखिन्छन्।

रश्मिका र विजय न्यूयोर्कको म्यानहट्टनको सडकमा हात समातेर हिँडिरहेको देखियो। तर, क्यामेरा देख्ने बित्तिकै, दुवैले तुरुन्तै एकअर्काको हात छोडे र मुस्कुराउँदै फ्यानहरूलाई हात हल्लाउन थाले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad