असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘जारी २: सङ अफ च्याब्रुङ’ को नयाँ गीत सार्वजनिक भएको छ। उपेन्द्र सुब्बाको लेखक तथा निर्देशक रहेको फिल्ममा समावेश ‘अम्लारी फूल’ बोलको गीत सार्वजनिक गरिएको हो।
सुष्मा सिग्देलको शब्द रहेको गीतमा अभिज्ञा घिमिरे र विकास लिम्बुको स्वर सुन्न सकिन्छ। सुशान्त गौतम संगीत रहेको गीतमा शास्वत श्रेष्ठको संगीत निर्माण, मिक्सिङ र मास्टरिङ छ। गीतको भिडिओमा दयाहाङ राई र मिरुना मगर फिचर्ड छन्।
रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दया, मिरुना र विजय बरालसहित बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म बहुप्रतिक्षित फिल्ममध्येको एक हो। ‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर फिल्म हो। सो वर्ष फिल्मले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो।
Shares

प्रतिक्रिया