समाज


अमेरिकाले नेपाली सेनालाई दियो दुई स्काइ ट्रक, दुई हेलिकप्टर पनि दिने

अमेरिकाले नेपाली सेनालाई दियो दुई स्काइ ट्रक, दुई हेलिकप्टर पनि दिने

नेपालखबर
भदौ १९, २०८२ बिहिबार १५:३९, काठमाडौँ

अमेरिकी सेनाले नेपाली सेनालाई दुईवटा स्काई ट्रक दिएको छ। वैदेशिक सहायता कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाली सेनालाई एयर एम्बुलेन्ससहित दुईवटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको हो। 

अमेरिकाले पूर्ण अनुदानमा सहयोग स्वरूप प्रदान गरेको नेपाली सेनाले जानकारी दिएको छ। बिहीबार गौचरस्थित मध्य एयर वेशमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको प्रमुख आतिथ्य आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसनले प्रधान सेनापति अशोकराज सिग्देललाई स्काई ट्रक हस्तान्तरण गरेका हुन्। 

अमेरिकी सेनाले प्रदान गरेका स्काई ट्रक सैनिक प्रयोजन, विपद् व्यवस्थापन र तथा विभिन्न आपतकालिन उद्धारका लागि प्रयोग हुने सेनाले जनाएको छ।  

कार्यक्रममा सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिइन्।

सोही अवसरमा नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसनले हस्तान्तरण गरिएका दुईवटा स्काई ट्रकहरूले दुई देशबीच रहँदै आएको मैत्रिपूर्ण सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको बताए। निकट भविष्यमा सहयोग स्वरूप थप २ वटा बेल हेलिकोप्टर प्रदान गर्ने योजना रहेको समेत उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad