सम्बन्ध विच्छेद हुन लागेको हल्लाबीच बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनीता आहुजा एकसाथ देखिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू बुधबार गणेश चतुर्थीको अवसरमा सँगै देखिएका हुन्।
यस क्रममा उनीहरूले सम्बन्ध विच्छेदको हल्लाबारे पनि मौनता तोडेका छन्।
एएनआईसँग कुरा गर्दै सुनीताले भनिन्, ‘हामीबीच केही भएको भए, दूरी बढेको भए, आज यसरी नजिक हुने थिएनौँ। हामीलाई कसैले अलग गर्न सक्दैन, भगवान्ले पनि सक्दैनन्। गोविन्दा मेरो हो, अरू कसैको होइन। कृपया! हामी आफैँले नभनेसम्म यस्ता कुरा नगर्नुहोस्।’
यस अवसरमा गोविन्दा पनि बोलेका छन्।
उनले भने, ‘मसँग जे छ, त्यो मेरी आमाको आशीर्वाद हो। तपाईंले मलाई कहिल्यै कुनै पनि महिलाको विरोध गरेको देख्नु हुनेछैन।...’
गोविन्दा र सुनीता आहुजाबीच सम्बन्ध विच्छेद हुन लागेको हल्ला गत शुक्रबार अर्थात् अगस्ट २२ देखि चर्चामा छ। सम्बन्ध विच्छेदका लागि सुनीताले बान्द्रा पारिवारिक अदालतमा मुद्दा नै हालेको भनेर भारतीय सञ्चारमाध्यमले लेखेका थिए।
तर गोविन्दाका नजिकका मानिसले यो कुरा अस्वीकार गरेका थिए।
Shares

प्रतिक्रिया