अर्जुन घिमिरेको निर्देशनमा बनिरहेको ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री भएको छ। अस्ट्रेलियामा रहेका राम कार्कीले
अस्ट्रेलिया राइट्स खरिद गरेका हुन्।
अस्ट्रेलियामा स्थापित नेपाली उद्यमी राम कार्की नेपाली समुदायबीच परिचित नाम हो। शिक्षा र माइग्रेशन सेवामा सक्रिय रहेका कार्कीले अस्ट्रेलियामा मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म तथा विभिन्न हस्पिटालिटि व्यवसायहरू समेत सञ्चालन गरिरहेका छन्।
व्यवसायिक सफलताको साथै उनी नेपाली कला, संगीत, चलचित्र र खेलकुद क्षेत्रलाई पनि उत्तिकै माया गर्ने व्यक्ति हुन्। कार्कीका उक्त चलचित्र नेपालसँगै अस्ट्रेलियाका प्रमुख सहरहरूमा रिलिज गरिनेछ।
हाल यस फिल्मको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ। ‘झरीपछिको इन्द्रेणी’ ९ वर्ष पछि पुनरागमन गर्दैछन्। फिल्ममा उप्रेतीसहित दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा लगायतको अभिनय छ। फिल्ममा बालेन शाहको र्याप रहने चर्चाका कारण प्रतिक्षित बनेको छ।
Shares

प्रतिक्रिया